राजनीति

एमाले पोलिटब्युरो बैठक जारी

By खबरहब

August 25, 2022

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अघि एमाले पोलिटब्युरो बैठक सुरु भएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी ओलीले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई छलफलको एजेन्डा बनाएका छन् । बुधबारको स्थायी समिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने तर जुनसुकै दलसँग तालमेलका लागि ढोका खुला गर्ने निर्णय गरेको थियो ।

आजको पोलिटब्युरो बैठकमा प्रदेश र प्रतिनिधिसभामा कस्ता उम्मेदवार उठाउने, कसरी जाने भन्ने विषयमा छलफल हुने एक नेताले बताए ।