ब्रेकिङ स्टोरी

महानगरले भत्कायो अल्फाबिटाको अनधिकृत संरचना (भिडियोसहित)

By खबरहब

August 25, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको बेसमेन्ट भत्काउन सुरु गरेको छ । अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले डोजर लगाएर भत्काएको हो ।

बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने  क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स पुगेका थिए। निरीक्षण गर्ने क्रममा बालेन्द्र शाह र कम्प्लेसका प्रतिनिधिबीच भनाभन नै भएको थियो । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको भन्दै महानगर एक्सनमा उत्रेको हो ।

नक्साको अध्ययनपछि अल्फाबिटाले बेसमेन्टको अनधिकृत प्रयोग गरेको निष्कर्ष महानगरले निकालेको छ ।काठमाडौँ महानगरपालिकाले बुधबारदेखि काठमाडौँका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ।