देश/प्रदेश

कोरोना संक्रमणका कारण एकै दिन ३ जनाको मृत्यु

By खबरहब

August 25, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जना गरी ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् ।