क्रिकेट

केन्याविरुद्ध नेपालको सानदार जित

By खबरहब

August 25, 2022

काठमाडौँ – केन्या भ्रमणअन्तर्गतको टी–ट्वान्टी सिरिजमा नेपालले सुखद सुरुवात गरेको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले पराजित गरेको हो ।

केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३१ र आरिफ शेखले नटआउट २५ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको थियो ।केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्दै नेपाललाई १३१ रनको लक्ष्य दिएको हो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे, लुकास ओउचले ३० रन जोड्दा नेल्सन ओडिम्बेले १९ र सचिन बुढाइले १७ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट हात पारे । आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । पाँच खेलको टी–ट्वान्टी सिरिजको दोस्रो खेल भदौ १० गते हुनेछ ।