देश/प्रदेश

स्थापना दिवसको अवसरमा नेकपा (एस)ले गर्‍यो ज्येष्ठ नागरिकलाई सम्मान

By खबरहब

August 25, 2022

खोटाङ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पुनर्गठन दिवसको अवसरमा खोटाङमा दीप प्रज्वलन गरिएको छ ।

पुनर्गठन दिवसको अवसरमा बिहीबार साँझ पार्टी जिल्ला कार्यालयमा दीप प्रज्वलन गरिएको हो । एसका केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज बबी चाम्लिङ, केन्द्रीय सदस्य एबं पूर्वसांसद कुलप्रसाद फुयाँल, प्रदेश कमिटी सदस्य अम्बीका राई, जिल्ला सचिव राजन आचार्य लगायतको उपस्थितिमा पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको थियो ।

यस्तै नेकपा एसले दिउँसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै पार्टी पुनर्गठन दिवस मनाएको छ । स्थानीय ९४ वर्षका धर्मलाल घिमिरे र ९२ वर्षका दिलछिनी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गर्दै नेपाल एकीकृत समाजवादीले पुनर्गठन दिवस मनाएको थियो ।