देश/प्रदेश

बालेनलाई महेश बस्नेतको प्रश्न : अल्फा बिटामाथि डोजर किन चलाएको ?

By खबरहब

August 25, 2022

काठमाडौँ– काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्सको अनधिकृत संरचना भत्काएको विषयमा नेकपा एमालेका नेता महेश बस्नेतले आक्रोश व्यक्त गरेका छन् ।

बिहीबार साँझा सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता बस्नेतले महानगर प्रमुख बालेन्द्र शाहलाई अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन चलाएको भनेर प्रश्न गरेका छन्। अल्फा बिटाका सञ्चालक आफूहरुसँग नजिक भएकै कारण वा फोटो खिचाएका कारण डोजर चलाएको भए आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी दिएका छन्।

नेता बस्नेतको स्टाटस: ‘बालेन शाहले अल्फा बिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ? १) नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ? २) हामीसँग नजिक भएर या फोटो लिएको कारण? पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरुले कानूनी उपचार खोज्लान् नै। दोश्रो कारण हो भने त हामी समेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौँ।’