प्रतिकात्मक तस्वीर

आर्थिक

प्रि-ओपन सेसन : नेप्से सूचकमा झिनो ह्रास

By खबरहब

September 25, 2022

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले घटेको छ । यससँगै सूचक १८३८ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको ९९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।