फाइल फोटो

देश/प्रदेश

पहिरोको कारण सडक अवरुद्ध

By खबरहब

September 25, 2022

काठमाडौँ- सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बरस्थित चतरा–बराहक्षेत्र भित्री सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडकमा पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा शनिबार राति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।