आर्थिक

नेपालीलाई वैदेशिक ऋणको बोझ कहिलेसम्म ?

By खबरहब

September 25, 2022

काठमाडौँ : विदेशी दातृ निकायबाट लिइने ऋण तथा त्यसको सदुपयोग लगायतका विषयमा खबरहबले आयोजना गरेको कार्यक्रम सुरु भएको छ । खबरहबको पेभेलियन हलमा आयोजित कार्यक्रममा ‘नेपालीलाई वैदेशिक ऋणको बोझ कहिलेसम्म ?’ विषयमा गम्भीर छलफल हुनेछ ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, अर्थविद् प्रा.डा.चन्द्रमणि अधिकारी, विश्लेषक कमलेस अधिकारी, व्यापारी उर्मिला श्रेष्ठ लगायतको उपस्थिती छ ।

कार्यक्रममा पेभेलियन मिडियाका अध्यक्ष तथा नेपाल च्याम्बर अफ कमर्शका पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले संघीयतामा बजेट खर्च हुने समस्या धेरै हुँदा त्यसको आपुर्ति ऋणबाट मात्रै गर्ने अर्को समस्या थपिएको बताए ।