तस्वीर- डीएनए इन्डिया

अन्तर्राष्ट्रिय

‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्छ : भारतीय वायुसेना प्रमुख

By खबरहब

September 25, 2022

काठमाडौँ- भारतीय वायुसेनाका प्रमुख मार्शल भीआर चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने बताएका छन् ।

मुलुकको छिमेकमा सुरक्षा अवस्था राम्रो नरहेको भन्दै वायुसेना प्रमुख चौधरीले ‘हाइब्रिड युद्ध’ का लागि भारत तयार रहनुपर्ने जनाएका हुन् ।

‘हाम्रो छिमेकमा सुरक्षा अवस्था राम्रो छैन । त्यसैले हामीले हाम्रो आर्थिक विकाससँगै घरेलु सैनिक क्षमता पनि बढाउनुपर्ने आवश्यकता छ ।’ चौधरीलाई उद्धृत गर्दै ट्रिब्युन इन्डियाले जनाएको छ ।

यसका लागि भारतीय वायुसेनाको परम्परागत र गैर परम्परागत युद्ध लड्ने क्षमता पनि बढाउनु पर्ने उनको तर्क छ । अहिले भारतले धेरै खतराको सामना गरिरहेको बताउँदै उनले हाइब्रिड युद्धले अझ ठूलो चुनौति थप्ने बताए ।

उनले आफ्नै मुलुकमा सैन्य उपकरण निर्माणका लागि अध्ययन र विकासको कार्य हुनुपर्नेमा जोड दिए ।