तस्वीर- पीए

अन्तर्राष्ट्रिय

इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्कायो : तालिबान

By खबरहब

September 25, 2022

काठमाडौँ- अफगानिस्तानमा शासन गरिरहेको तालिबानले गत महिनामात्रै इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्काएको जनाएको छ ।

तालिबान सरकारको शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले गत महिनामात्रै इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्काएको जनाएको हो ।

अफगान टेलिभिजन च्यानल टोलो न्युजको अनलाइन संस्करणले जनाएअनुसार तालिबानले इरानसँग शरणार्थी समस्याका विषयमा निरन्तर छलफल गरिरहेको छ ।

यसबाहेक तालिबान अधिकारीहरुले इरानले फर्काएका अफगान नागरिकलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न अफगानिस्तानका लागि इरानी राजदूत बहादुर अमिनइनसमक्ष आग्रह गरेको समेत टोलो न्युजले जनाएको छ ।

राजदूत अमिनइनले हाल हरेक दिन ३ हजारको संख्यामा अफगानिस्तानबाट गैर कानूनी रुपमा शरणार्थीहरु इरान प्रवेश गरिरहेको जनाएका छन् । उनले गैर कानूनी हिसाबमा इरान प्रवेश गर्ने अफगान शरणार्थीहरु सेवा सुविधाबाट बञ्चित हुने र मानव तस्करको जोखिममा पर्ने चेतावनी समेत दिएका छन् ।