खेलकुद

झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किदै छु : सन्दीप लामिछाने

By खबरहब

September 25, 2022

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूमाथि गम्भीर षडयन्त्र गरिएको दाबी गरेका हुन् । उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् ।

‘मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु,’ उनले भनेका छन् ।

उनले लेखेका छन्, ‘झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरूको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’