अटो

अल न्यू महिन्द्रा पावरोल १२५ केभीए डिजेल जेनसेट सार्वजनिक

By खबरहब

September 25, 2022

काठमाडौँ – अग्नि मोटोइन्क प्रा.लि. अग्नि समूहको सहायक कम्पनीले चितवनमा आयोजित एक कार्यक्रममा “नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट” सार्वजनिक गरेको छ । नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका साथ आएको छ ।

१२५ केभीए “४ सिलिन्डर” डिजेल जेनसेट नेपालभर रहेका आफ्ना सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल महिन्द्रा पावोरलले नेपालमा ५ केभीए देखि ६२५ केभीए सम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ र यो नयाँ जेनसेट लन्च गरेसँगै यसले उपभोक्ताहरूका लागि उत्कृष्ट इन्धन दक्षता, कम लागत र उत्कृष्ट प्रदर्शन दिनेछ, जसले ग्राहकको व्यवसायलाई कुशलतापूर्वक अघि बढाउनेछ ।

महिन्द्रा पावोरल डीजी जेनसेटहरू अग्नि मोटोइन्कको फराकिलो सेवा नेटवर्कद्वारा ग्राहकलाई तत्काल सहयोग प्रदान गर्न विशेषज्ञहरूको टोलीले कम से कम समयमा सेवा गर्न सबैभन्दा उत्तम र उपयुक्त समाधान छनौट प्रदान गर्न मद्दत गर्छ ।