देश/प्रदेश

नेपाल श्रीलंका चेम्बरको अध्यक्षमा विजय श्रेष्ठ

By खबरहब

September 25, 2022

काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको १६ औं वार्षिक साधारणसभाले पर्यटन व्यवसायी विजय श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

आइतबार राजधानीमा सम्पन्न साधारणसभाले हिमालय एयरलाइन्सका भाइस प्रेसिडेन्टसमेत रहेका श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको तीन उपाध्यक्षमा राजेशवीर तुलाधर, रामराज आचार्य र मृगेन्द्रमेहर श्रेष्ठ निर्वाचित भए भने महासचिवमा डा। हरिश जोशी, कोषाध्यक्षमा दिपक महर्जन र दुई सचिवमा विधाता श्रेष्ठ र प्रकाश ओली निर्वाचित भएको संघले जनाएको छ ।

कार्यसमिति सदस्यहरुमा अनिल अग्रवाल, अशोक केसी, विद्यासागर ताम्राकार, , नरेन्द्रबल्लभ पन्त, सुनिल भुसाल, मोहन कटुवाल, राजेश शाक्य, प्रसन्न अधिकारी, धिरज कार्की, प्रिया रञ्जन ९पप्पु०, पोमनारायण श्रेष्ठ, मनिष राजभण्डारी र सुधीर प्रधानांग, सुनिल वंशल, सुशील श्रेष्ठ, रज्जु तन्डुकार, समीर श्रेष्ठ रहेको संघले जनाएको छ ।