सांकेतिक तस्बिर

देश/प्रदेश

दाङका तीन फर्निचर उद्योगमा आगलागी

By खबरहब

October 25, 2022

दाङ – दाङको घोराहीका तीन फर्निचर उद्योगमा आगलागी भएको छ। घोराही-१५ सहिद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ फर्निचर उद्योगमा सोमबार राति आगलागी भएको प्रहरीले जनाएको छ। तीन वटै फर्निचर उद्योग पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन्।

मध्यराति लागेको आगो मंगलबार बिहान ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए। आगलागीको कारण खुल्न सकेको छैन।