फाइल फोटो

राजनीति

कार्यकाल सकिएपछि चिनियाँ राजदूत यान्छीले भनिन्- ‘नेपालमा बसेका याद संगालेर बिदा हुँदैछु’

By खबरहब

October 25, 2022

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन्। उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा स्ट्याटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरेको र छिमेकी देशबाट बिदा हुन लागेको बताएकी छन्।

नेपालमा रहँदा आफूप्रति देखाएको माया र सद्भावका लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत दिएकी छन्। सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको उल्लेख गर्दै यान्छीले त्यो अनुभव र माया बोकेर जान लागेको बताएकी छन्।

 

Completed my tenure, I’m going to leave friendly and beautiful neighboring Nepal. I would like to extend my most sincere thanks to all Nepali friends! I will always cherish the profound friendship I forged with friends from all walks of life during my stay in Nepal. pic.twitter.com/23MkVzypMc

— Ambassador Hou Yanqi (@PRCAmbNepal) October 25, 2022

आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी बेइजिङ फर्किन लागेकी हुन्। चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ।

होउ यान्छी फर्केसँगै नेपालका लागि नयाँ राजदूत कसलाई पठाउने भन्नेबारे चीन सरकारले कुनै निर्णय गरेको छैन। यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन्। उनले असोजमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवादेखि राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइ भेट गरेकी थिइन्।