अन्तर्राष्ट्रिय

सैनिक शिविरमा हमला : दश सैनिक र अठार आतङ्ककारी मारिए

By खबरहब

October 25, 2022

ओउगादुगु – बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर कम्तीमा पनि १० जना सैनिकको ज्यान गएको छ । सो आक्रमणबाट अरु केही सैनिक घाइते पनि भएका छन् । बुर्किनाफासोको दिजीबोमा रहेका यहाँको राष्ट्रिय सेनाको शिविरमा सो हमला भएको थियो । उत्तरी बुर्किनाफासोको सो सैनिक शिविरमा सोमबार आतङ्ककारीहरुले हमला गरेका सेनाले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहाँको सेनाले प्रकाशन गरेको सो विज्ञप्तिमा सोमबार ठूलो सङ्ख्याका आतङ्ककारीहरु आएर सो शिविरमा हमला गरेका थिए । सो हमलामा परेर यहाँका ५० जना सैनिक पनि घाइते भएका बताइएको छ ।

सो विज्ञप्तिमा आतङ्ककारीहरु पनि मारिएको बताइएको छ । सो शिविरमा भएको हमलामा परेर मारिएका १८ जना सेनाको शव भेटिएको बताइएको छ । सैनिकले गरेको प्रतिकारका क्रममा अरु कैयौँ आतङ्ककारी पनि घाइते भएका बताइएको छ । बुर्किनाफासोमा सन् २०१५ देखि शान्ति सुरक्षाको अवस्था खस्किँदो छ ।

यहाँ आतंककारीहरुले यहाँका सुरक्षाकर्मीमाथि हमला गर्ने क्रम जारी नै छ । यसबाट सुरक्षाकर्मी तथा सर्वसाधारण नागरिकको ज्यान जाने क्रम झनै बढेको छ । यो अफ्रिकी देशमा सुरु भएको यस हिंसामा परेर अरु हजारौँ मानिस विस्थापित भएका छन् ।