राजनीति

मङ्सिर ४ को चुनावका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी सकियो

By खबरहब

October 25, 2022

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भएको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बाँकी नौ जिल्लाको मतपत्र ढुवानी तिहार लगत्तै हुनेछ ।

हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३६ जिल्लाको र सोही प्रणालीको प्रदेशसभाका लागि ३३ जिल्लाका मतपत्र छपाइ सम्पन्न भएको छ । दुबैतर्फ गरी आवश्यक पर्ने गरी चार करोड मतपत्रमध्ये कूल दुई करोड ९० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।