सांकेतिक तस्बिर

देश/प्रदेश

वनभोज खान गएका एकको मृत्यु , एक बेपत्ता 

By खबरहब

October 25, 2022

सुर्खेत– भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका –४ का २० वर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका ३ का २६ वर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । 

नदीमा डुबेका बिरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । रोशन र बिरेन्द्र डुबेपछि साथीहरूलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए । नदी पारी रहेको शवलाई निकाल्ने र बेपत्ताको खोजी काम भइरहेको निरौलाले बताए ।

तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरूले मंगलबार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारामा भोजको आयोजना गरेका थिए ।

पिकनिक गएका युवाहरू नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।