तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

‘विश्वकै सबैभन्दा फोहोरी मानिस’ को ९४ वर्षको उमेरमा निधन

By खबरहब

October 25, 2022

काठमाडौँ– ‘विश्वकै सबैभन्दा फोहोरी मानिस’ को संज्ञा पाएका अमोउ हाजीको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा दक्षिणी इरानको फारस प्रान्तस्थित देजगाह गाउँमा निधन भएको हो ।

इरानको इर्ना समाचार संस्थाले जनाएअनुसार उनको गत आइतबार निधन भएको हो । उनले ६० वर्षसम्म साबुन र पानीले नुहाएका थिएनन् । उनका साथी एवम् गाउँलेहरुका अनुसार युवा अवस्थामा उनको जीवनमा भावनात्मक धक्का लागेपछि उनले नुहाउन छाडेका हुन् ।

यद्यपि इर्नाले जनाएअनुसार केही महिनाअघि गाउँलेहरुको दबाबमा उनले ६ दशकपछि पहिलो पटक स्नान गरेका थिए ।

सन् २०१४ मा तेहरान टाइम्सले उनीबारे खबर प्रकाशित गर्दै उनले सडक किनारमा मारिएका जनावरको मासु खाने, जनारवको अवयवहरु पाइपमा सल्काएर फुक्ने र सफा भएमा आफू बिरामी पर्ने बताएको जनाएको थियो ।

केही तस्वीरहरुमा उनले एकैपटक धेरैवटा चुरोट तान्ने गरेको पाइएको थियो ।