राजनीति

निर्वाचनका लागि सूचना संकलन तथा अनुगमन उपसमिति गठन

By खबरहब

October 25, 2022

काठमाडौँ– नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सूचना संकलन तथा अनुगमन उपसमिति गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि गठन गरिएको उक्त समितिमा कांग्रेसले आज आठ सय १४ सदस्य मनोनीत गरेको हो । 

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय प्रचारप्रसार समिति’ का संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य नैनसिंह महरको संयोजकत्वमा गठन गरेको ‘नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सूचना संकलन तथा अनुगमन उपसमिति’ मा  आठ सय १४ सदस्य थप मनोनयन गरेका पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।