खेलकुद

विश्वकप फुटबल : रोनाल्डोको कीर्तिमान, पोर्चुगलको विजयी सुरुवात

By खबरहब

November 25, 2022

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुआत गरेको छ ।

स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले विजयी सुरुवात गरेको हो । पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्तियानो रोनाल्डो, जोआ फेलिक्स, राफायल लियोले गोल गरे । भने आन्द्रे एयु र ओस्मान बुकारीले घानाका लागि गोल गरे ।

यो खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान समेत बनाएका छन् ।रोनाल्डोले लगातार पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए ।३७ वर्षीय रोनाल्डोले यस अघि २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका थिए ।