देश/प्रदेश

हुम्ला प्रदेशसभा (१)मा माओवादीका परियार निर्वाचित

By खबरहब

November 25, 2022

हुम्ला – हुम्ला प्रदेशसभा (१)बाट सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन्।

उनले छ हजार चार सय ८१ मत विजयी हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीले चार हजार छ सय ३० मत प्राप्त गरेका थिए।

उनीहरुबीचको मतान्तर एक हजार आठ सय ५१ छ । यस्तै नेकपा एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे भने नेकपा (एकीकृत समाजवादी)का हस्तबहादुर शाहीले सात सय ८४ मत पाए ।