राजनीति

कांग्रेसका सञ्जयकुमार गौतमको दोस्रो जित

By खबरहब

November 25, 2022

बर्दिया – बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतम विजयी भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनले नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन्।

सत्ता गठबन्धनको साथ पाएका गौतमले ३० हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले २६ हजार १५५ मत ल्याए ।

०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई ७५३ मतान्तरले पराजित गर्दै गौतम विजयी भएका थिए।