राजनीति

कैलाली-५ मा प्रतिनिधिसभामा कांग्रेसका पन्त निर्वाचित

By खबरहब

November 25, 2022

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

जम्मा ६५ हजार छ सय १३ मतमध्ये विजयी भएका पन्तले २१ हजार तीन सय ९२ मत प्राप्त गरे भने पराजित रानाले २० हजार तीन सय १८ मत प्राप्त गरेका हुन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार नौ सय ९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले छ हजार छ सय १९ मत प्राप्त गरे ।