राजनीति

धनुषा-३ (२) मा ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित

By खबरहब

November 25, 2022

महेन्द्रनगर– धनुषाको निर्वाचन क्षेत्र नं ३ (२) बाट नेकपा (एमाले) का दीपेन्द्रकुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  परमेश्वर साहलाई एक हजार चार सय तीन मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् । 

ठाकुरले आठ हजार दुई सय २० मत पाउँदा साहले छ हजार आठ सय १७ मत मात्र पाए । जनमत पार्टीका रामबाबु साह कलवारले तीन हजार छ सय पाँच, तराई-मधेस लोकतान्त्रिक पार्टीका असगर अली राइनले तीन हजार दुई सय ११ र स्वतन्त्र उम्मेदवार हरिशङ्कर साहले दुई हजार नौ सय ९८ मत प्राप्त गरेका थिए ।

यसअघि विसं २०७४ को निर्वाचनमा यस क्षेत्रबाट परमेश्वर साह तत्कालीन राजपा नेपालबाट निर्वाचित भएका थिए ।