राजनीति

कपिलवस्तु-३ (२) मा राप्रपाका यादव विजयी

By खबरहब

November 25, 2022

कपिलवस्तु– कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव विजयी भएका छन् । यादवले आठ हजार पाँच सय ८२ मत प्राप्त गरि निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बिहीबार राति सकिएको मतगणनामा यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले पराजित गरेका हुन् । यादवले आठ हजार पाँच सय ८२ मत पाउँदा खाँले सात हजार नौ सय सात मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ३५ हजार छ सय ३४ मत खसेकोमा दुई हजार ७० मत बदर भएको थियो ।