राजनीति

उदयपुर १ (क)मा राजन किराती विजयी

By खबरहब

November 25, 2022

उदयपुर– उदयपुर १ (क) मा राजन किराती एक हजार २४३  मतान्तरले विजयी भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादीका किराती १५ हजार ९२ मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार कुशलबाबु बस्नेतले १३ हजार ८४९ मत ल्याएका छन् । बेलका र चौदण्डीगढी नगरपालिका गरी ३८ हजार ८५७ मत खसेको थियो । खसेको मतमध्ये एक हजार ८७५ बदर भएको छ । 

किराँती सोही क्षेत्रबाट दुईपटक संविधानसभाको निर्वाचनमा पराजित भएका थिए ।