ब्रेकिङ स्टोरी

माधव नेपालको पार्टीलाई समानुपातिकमा एक लाख भोट

By खबरहब

November 25, 2022

काठमाडौँ : माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले समानुपातिक एक लाख भोट क्रस गरेका छन् । मतगणना चलिरहदा माधव नेपालको एकिकृत समाजवादी पार्टीले १ लाख २ हजार ९ सय ६५ मत ल्याएको छ ।

माधव नेपालको पार्टीलाई राष्ट्रिय पार्टी बन्न सकस छ । प्रत्यक्षतर्फ १० सिट जित्ने सम्भावना रहेको समाजवादीले समानुपातिकमा भोट नपाएपछि उसको आगामी यात्रा कठिन देखिएको छ ।

समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रो छ । एमालेले १३ लाख भोट पाउँदा कांग्रेसले १२ लाख र स्वतन्त्र पार्टीले ६ लाख बढी भोट पाएका छन् । चौथोमा माओवादीमा, पाँचौमा राप्रपा छ । छैटौँमा जसपा र नेकपा समाजवादी समानुपातिकमा सातौँ पार्टी छ ।