राजनीति

कालिकोट (ख) मा कांग्रेसका हिक्मतबहादुर विष्ट प्रदेशसभा सदस्य निर्वाचित

By खबरहब

November 25, 2022

काठमाडौँ- कालिकोट प्रदेशसभा (ख) मा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट निर्वाचित भएका छन् ।

विष्ट ७ हजार ९४४ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले १३ हजार ७८३ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वीरेन्द्र बोगटीले ५ हजार ८३९ मत प्राप्त गरेका छन् ।