फाइल तस्वीर

ब्रेकिङ स्टोरी

आवश्यक परे गठबन्धन गर्छौं : रवि लामिछाने

By खबरहब

November 25, 2022

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टीले गठबन्धन गरेर अगाडि जाने बताएका छन् ।

शुक्रबार चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताए ।

उनले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन् ।