राजनीति

उदयपुर-१ (२) मा कांग्रेसका कार्की निर्वाचित

By खबरहब

November 25, 2022

कटारी– उदयपुर–१ (२) मा नेपाली कांग्रेसका हिमाल कार्की निर्वाचित भएका छन् । आज साँझ सम्पन्न मतगणनाअनुसार कार्कीले नेकपा (एमाले) का ईश्वरमणि राउतलाई दुई सय १५ मतान्तरले पराजित गरे ।

कार्कीले १४ हजार नौ सय ७९ मत पाउँदा राउतले १४ हजार सात  सय ६४ मत पाए । दुई  हजार नौ सय १० मत पाउँदै राप्रपाका ज्ञानबहादुर राईले तेस्रो स्थान हासिल गरे। यस प्रदेशसभामा ३७ हजार छ सय ८५ मत खसेको थियो ।

कार्की यसै क्षेत्रबाट विसं २०७४ मा पनि निर्वाचित भएका थिए । यसपटक सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कार्की प्रदेश नं १  सरकारका सडक पूर्वाधार तथा शहरी विकासमन्त्री थिए । उनी कांग्रेसका उदयपुर जिल्ला सभापति हुन्।