फाइल फोटो

राजनीति

पाका नेताहरुले केही गर्न सक्दैनन् भन्ने भास्य गलत छ : शेखर कोइराला

By खबरहब

November 25, 2022

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवाले मात्रै देशको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यमा मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले पाका नेताहरुले केही गर्न सक्दैनन् भन्ने भास्य गलत भएको बताएका हुन् । उनले नेतृत्वमा परिर्वतन आवश्यक भएपनि युवा नै आउनुपर्छ भन्ने धारण गलत भएको बताए ।

निर्वाचनको अन्तिम मत परिणाम आइनसकेकाले अहिले प्रधानमन्त्री को भनेर हिँड्न नहुने कोइरालाको तर्क छ ।