खेलकुद

विश्वकप फुटबल : कतारविरुद्ध सेनेगल ३–१ ले विजयी

By खबरहब

November 25, 2022

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले पहिलो जित दर्ता गरेको छ ।

अल थुमामा स्टेडियममा शुक्रबार भएको खेलमा सेनगलले कतारलाई ३–१ गोल अन्तरले हराउँदै जित दर्ता गरेको हो । सेनेगललाई जित दिलाउन बोउलाए डिया, फामरा डाइधिऔ, बाम्बा डिङले गोल गरे ।

खेलको ४१ औं मिनेटमा डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४८ औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै खेललाई २–० को अवस्थामा पुराएका थिए । त्यसपछि ७८ औं मिनेटमा कतारको तर्फबाट मुहमद मुन्तारीले गोल फर्काए । त्यसपछि खेलको ८४ औं मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए ।

जितसँगै सेनेगलले ३ अंक जोडेको छ । सेनेगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । समूह ‘ए’को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।कतारको यो लगातार दोस्रो हार हो ।