फाइल फोटो

ब्रेकिङ स्टोरी

रुपन्देही २ मा एमालेका विष्णु पौडेल विजयी

By खबरहब

November 25, 2022

बुटवल — रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेल विजयी भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै विजयी भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् । स्वतन्त्रका पौडेलले भने २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् । यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो ।