राजनीति

मोरङ २ मा एमालेका पोखरेल निर्वाचित, सुजता कोइराला पराजित

By खबरहब

November 25, 2022

मोरङ — मोरङ निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई १ हजार २०८ मत अन्तरले पराजित गरेका हुन् ।

पोखरेल ३३ हजार १४८ मत ल्याइ विजयी भएका हुन् । पराजित भएकी कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छन् । सुजाताका पिता समेत रहेका स्व गिरिजाप्रसाद कोइराला यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्री भएका थिए ।