खेलकुद

नेयमारले विश्व कपमा दुई खेल गुमाउने

By खबरहब

November 25, 2022

काठमाडौं । ब्राजिलका फरवार्ड नेयमारले कतारमा जारी विश्वकप अन्तर्गत आगामी समुह चरणका दुई खेल गुमाउने भएका छन् । खुट्टामा चोट लागेका कारण नेयमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् ।

सर्बियासँगको खेलमा नेयमार एन्कल चोट लागेको थियो । सर्बियाका डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकल का कारण दायाँ खुट्टामा चोट बोक्दै नेयमार खेलको ८० औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए । अब नेयमार विना नै समूह चरणको २ खेलमा स्विट्जरल्यान्ड र क्यामरुनसँग खेल्नेछ ।