फाइल फोटो

राजनीति

सत्ता गठबन्धनको बैठक फेरि बस्छ : सञ्चारमन्त्री कार्की

By खबरहब

December 25, 2022

काठमाडौँ- सत्ता गठबन्धनको बैठक केही समयपछि फेरि बस्ने भएको छ । यसअघिको बैठक निष्कर्षविहीन भएपछि पुनः बस्न लागेको सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

छलफल जारी रहेको बताउँदै उनले केही समयपछि पुनः बैठक बस्ने जानकारी दिए । उनले भने, ‘गठबन्धन मुलुकको आवश्यकता हो । अहिले नै निष्कर्षमा पुगेका छैनौँ । आन्तरिक छलफलको पनि आवश्यकता छ ।’