अन्तर्राष्ट्रिय

२४ घण्टामा विश्वभर थपिए ३१ लाख कोरोना संक्रमित

By खबरहब

January 26, 2022

काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वभर ३१ लाख नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३१ लख २ हजार नयाँ सङ्क्रमित थपिएका हुन् ।

अहिलेसम्म विश्वभर ३५ करोड ८ लाखमा सङ्क्रमण पुष्टि हुँदा २८ करोड ४३ लाख निको भइसकेका छन् भने ५६ लाख ३२ हजारको मृत्यु भएको छ ।

२४ घण्टामा २२ लाख २० हजार निको हुँदा ८ हजार ६ सयको भने मृत्यु भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

छिमेकी देश भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ३ हजारमा कोरोना पुष्टि भएसँगै भारतमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ८२ हजार नाघेको हो ।

जसमध्ये ३ करोड ७३ लाख सङ्क्रमण मुक्त भएका छन् भने ४ लाख ९१ हजारको भने मृत्यु भइसकेको छ । पछिल्लो समय नेपालमासमेत संक्रमितको संख्या तीव्र बन्दै गएको छ । नेपालमा ८८ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।