समाचार

अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघ्यो

By खबरहब

January 26, 2022

अर्घाखाँची – अर्घाखाँचीमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई सय नाघेको छ ।

मंगलबार ३१ जनामा संक्रमण पुष्टि भएसँगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या २ सय १६ पुगेको हो ।

सन्धिखर्क नगरापालिकामा १४, भूमिकास्थानमा ६, मालारानी गाउँपालिकामा १, शितगंगा नगरपालिकामा ७ र पणिनी गाउँपालिकामा ३ जना नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै अर्घाखाँची जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या ४ हजार ७ सय ४२ पुगेको छ । कोरोनाबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन् ।