फाइल फोटो

खेलकुद

आहा रारा गोल्डकपमा आज मछिन्द्र र एपीएफ भिड्दै

By खबरहब

January 26, 2022

पोखरा – २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार पहिलो सेमिफाइनल खेल हुँदैछ ।

पोखरा रंगशालामा आज दिउँसो साढे २ बजे हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आज विजयी हुने टिम फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

१० टोली सहभागी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।

यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।