अन्तर्राष्ट्रिय

जल गैंडाले आवाजकै आधारमा साथी र शत्रुलाई छुट्याउन सक्छन्ः अध्ययन

By खबरहब

January 26, 2022

पेरिस– एउटा अध्ययनलाई विश्वास गर्ने हो भने जल गैंडाले आवाजका आधारमा आफ्ना साथी र शत्रुलाई छुट्याउन सक्छन् । जल गैंडाको बारेमा अफ्रिकाको प्राकृतिक आरक्षणमा अनुसन्धान गरेका वैज्ञानिकहरुको एउटा समूहले यस्तो निस्कर्ष निकालेको हो ।

अनुसन्धानका नेता तथा फ्रान्सस्थित युनिभर्सिटी अफ सेन्ट इट्नीका प्राध्यापक निकोलस म्याथेभोनका अनुसार उसको अनौठो आवाजकै कारण आफ्ना साथी र मित्रलाई खुट्याउन सक्छ । जंगली जल गैडा वास्तवमै होहल्ला गर्छन् ।

वैज्ञानिकहरुका अनुसार उनीहरुको एउटा फराकिलो स्वर भन्डार हुन्छ । उसको कर्कश आवाज, चिच्चावट र स्वा स्वा अन्य जनाबरको भन्दाबढी हुन्छ ।

म्याथेभोनले चितुवा, सील, हुँडारलगायतका जंगली जनाबरहरुका बारेमा अध्ययन गरेका छन् ।

‘उनीहरुले बोलाउदा साथीको पहिचानको सूचना हुन्छ । उनीहरुले आफ्नै आवाजले एक अर्कालाई चिन्छन् । यस्तो पहिचान क्षमताले उनीहरुबीचको सामाजिक सम्बन्धलाई सहयोग गर्छ,’ म्याथेभोन भन्छन् ।

सो अध्ययन करेन्ट बायोलोजीमा प्रकाशित छ ।