राजनीति

राष्ट्रियसभा चुनावको परिणाम आउन थाल्यो, प्रदेश १ मा राई विजयी

By खबरहब

January 26, 2022

विराटनगर– राष्ट्रियसभाको चुनावअन्तर्गत प्रदेश १ बाट महिलातर्फ सत्तापक्षीय जयन्ती राई विजयी भएकी छन् ।

नेकपा एकीकृत समाजवादीकी उम्मेदवार राईले एमालेकी सुमित्रा भण्डारीलाई ३ सय ३० मतभार अन्तरले पराजित गरेकी हुन् । भोजपुरकी राई र झापाकी भण्डारी चुनावी मैदानमा थिए ।

राईले प्रदेश सभाका ५२ जनाको मत पाएकी छन् भने स्थानीय तहका १२२ जनाको मत प्राप्त गरेकी छन् । उनले प्राप्त गरेको कुल मतभार ४ हजार ६ सय ९२ हो ।

एमालेकी भण्डारीले प्रदेश सभाका ३८ र स्थानीय तहका १४१ गरी ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेकी छन् । राई विजयी भए पनि औपचारिक घोषणा हुन भने बाँकी छ ।