समाचार

कोरोना न्यूनीकरणका लागि जनचेतनासहित मास्क वितरण

By खबरहब

January 26, 2022

सप्तरी– इलाका प्रहरी कार्यालय विष्णुपुर सप्तरीले बुधबार २ सय ५० वटा मास्क वितरण गरेको छ ।

विष्णुपुर गाउँपालिका-७ स्थित विष्णुपुर चौकमा बढ्दो कोरोना भाइरस न्यूनीकरणका लागि मास्क नलगाएका स्थानीय सर्वसाधारणलाई मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

उक्त वडाका वडा अध्यक्ष, स्थानीय सर्वसाधारणको उपस्थितिमा मास्कको महत्त्वको विषयमा जनचेतना फैलाउँदै मास्क वितरण गरेको काफ्लेको भनाई छ ।

यसअघि पनि जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका इलाका प्रहरी कार्यालयले जिल्लाको विभिन्न ठाउँमा सर्वसाधारणलाई मास्कको महत्त्वको विषयमा जनचेतना सहित मास्क वितरण गर्दै आएका छन् ।