देश/प्रदेश

नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुग्यो

By खबरहब

January 26, 2022

काठमाडौँ– नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार एकैदिन ८ हजार ४५४ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको हो ।

आजै ४ हजार ४३३ जनाले कोरोनालाई जितेका छन् । आज थप ५ संक्रमितको मृत्यु भएको छ ।