राजनीति

राष्ट्रिय सभा निर्वाचन- गण्डकी प्रदेशमा पनि गठबन्धनकै नेताको जित

By खबरहब

January 26, 2022

पोखरा– गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन् । बुधबार भएको राष्ट्रियसभा निर्वाचनको मतगणनामा गठबन्धनका तीन उम्मेदवार विजयी भएका हुन् ।

गठबन्धनका कमला पन्त, सुरेशबहादुर आले र भुवन सुनार विजयी भएका छन् । महिलातर्फ नेपाली कांग्रेसकी उम्मेदवार कमला पन्तले ३ हजार ८४ मतभार प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्वन्दी एमाले उम्मेदवार लीला थनेतले २ हजार ७२४ मतभार पाएकी छन् । त्यस्तै, भुवन सुनारले तीन हजार ४८ मतभार ल्याएका छन् ।

आलेले भने ३ हजार ९६ मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशसभाका ५९ सांसद, ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६८ जनाले मतदान गरेका थिए ।