राजनीति

राष्ट्रियसभा चुनावः मधेशमा उर्मिला अर्याल विजयी

By खबरहब

January 26, 2022

जनकपुरधाम- राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा सत्ता गठबन्धनतर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् ।

अर्याल ६ हजार १५६ मतभारका साथ विजयी भएकी हुन् ।

मधेश प्रदेशमा २ सय ६४ स्थानीय तहका मतदाता र प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए । ६ मतदाता भने अनुपस्थित थिए ।