df]/ª, !@ df3M dtbfg ub}{ d'VodGqL /fO{ k|b]z g+ ! sf d'VodGqL /fh]Gb|s'df/ /fO{ a'waf/ /fli6«o;ef ;b:osf nflu afnL ;+/If0f k|of]uzfnf lj/f6gu/–!)l:yt s]Gb|df ePsf] lgjf{rgdf dtbfg ub}{ . tl:a/M dgf]h bfxfn ÷/f;;

प्रदेश १ मा गोलाप्रथाबाट गठबन्धनका बस्नेत विजयी

By खबरहब

January 26, 2022

काठमाडौँ– प्रदेश १ मा खुल्लातर्फको राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । महिलातर्फ पनि सत्तारुढ गठबन्धनकै नेतृले जित दर्ता गरिन भने अल्पसंख्यक र अपांगतर्फ एमालेले जितेको छ ।

खुलातर्फ सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई निर्वाचित भएका छन् । यस्तै अल्पसंख्यक तथा अपांगतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

खुलातर्फ बस्नेत र एमालेका गुरु बरालको बराबर मत आएपछि गोलाप्रथाबाट छिनोफानो गरिएको थियो । बस्नेत र बरालको समान ४ हजार ४८८ र राप्रपाका अमर बिष्टले १८८ मतभार प्राप्त गरेका हुन् । जसमध्ये ४ वटा मत बदर भएको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश भरत लम्सालले बताए ।

यस्तै एमालेका शेर्पा ४ हजार ७३४ मतभार ल्याएर विजयी भएका हुन् । सत्तारुढ गठबन्धनका जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईले ४ हजार ३६८ मतभार प्राप्त गरेको र ४ वटा मत बदर भएको लम्सालले बताए ।

महिलातर्फ सत्तारुढ गठबन्धनबाट उम्मेदवार भएकी नेकपा (एकीकृत समाजवादी) की राई ४ हजार ६९२ मतभार ल्याएर विजयी भएकी हुन् ।

बुधबार बिहान ९ बजे सुरू भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो । त्यसपछि लगत्तै मतगणना सुरू गरिएको थियो ।