राजनीति

राष्ट्रियसभा चुनावः मधेशमा गठबन्धनका उम्मेदवारहरू विजयी

By खबरहब

January 26, 2022

जनकपुरधाम– राष्ट्रियसभा चुनावअन्तर्गत मधेश प्रदेशमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।

गठबन्धनका उम्मेदवारहरू मोे. खालिद र उर्मिला अर्याल विजयी भएका हुन् । खालिदले ६६ सय ७८ मतभारका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका उसमान अन्सारी २७ सय ६६ मत पाएका छन् ।

महिलातर्फ गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । अर्यालले २२७ मतसहित ६१ सय ५६ मतभार ल्याएर विजयी भएकी छन् । उनले प्रदेशसभा सदस्यतर्फ ६९ र स्थानीय तहतर्फ १५८ मत ल्याएकी हुन् । प्रतिद्वन्दी रूपा यादवले १०८ मतसहित २७ सय ५४ मत ल्याएकी छन् ।

राष्ट्रियसभाको १९ सिटका लागि बुधबार चुनाव भएको हो । प्रदेश १ मा तीन, मधेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका मतदान भएको थियो ।