बलिउड/हलिउड

लताको स्वास्थ्य लाभका लागि महामृत्युंजय जप

By खबरहब

January 26, 2022

मुम्बई(दैनिक जागरण)– बलिउडकी दिग्गज एवं लोकप्रिय गायिका लता मंगेशकर निकै लामो समयदेखि अस्पतालमा छिन् । कोरोना भाइरस संक्रमित भएपछि उनलाई मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । अहिले डाक्टर र परिवारले उनको स्वास्थ्य अवस्थाको बारेमा नियमित जानकारी दिइरहेका छन् ।

यता लताको स्वास्थ्य लाभको कामना गर्दै अयोध्यामा महामृत्युंजय जप र हवन भइरहेको छ । जगद्गुरु परमहंस आचार्य महाराजले अयोध्यामा लताका लागि महामृत्युंजय जप राखेका हुन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चाँडै लतालाई भेट्न अस्पताल जान आग्रह गरेका छन् । लता हाल आइसियूमा छिन् ।

‘मैले गायिका लता मंगेशकरको राम्रो स्वास्थ्यका लागि महामृत्युंजय जपको आयोजना गरेको हुँ । म प्रधानमन्त्री मोदीसँग अनुरोध गर्दछु कि उहाँ अस्पतालमा लतासँग भेट गर्न जानुहोस्’, उनले भनेका छन् ।

यसअघि लताको स्वास्थ्य लाभका लागि जगद्गुरुको घर परिवारले भगवान शिवको पुजा गरेका थिए ।